काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस
काठमाडौं,बैशाख २७ ।काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सिफारिस गरेको छ ।
काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुने छ ।
यसका लागि भोलि मंगलबार काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने छ । उपत्यकामा जारी निषेधाज्ञा यही वैशाख २९ गते राति १२ बजे सकिँदै छ ।
त्यसपछि कति दिन निषेधाज्ञा थप्ने भन्नेबारे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्नेछ ।प्रमुख जिल्ला अधिकारुहरुले पनि अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् ।