प्रधानमन्त्री अ‍ोलीले नै कोरोना फैलाएको प्रचण्डको आरोप

काठमाडौं,बैशाख २७। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई कोरोना फैलाएको आरोप लगाएका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएको बेला रथयात्रा, उद्घाटन लगायतका समारोह गरेर कोरोना फैलाएको आरोप उनले लगाएका हुन् ।

 

उनले कोरोना सुरु भएपछि रथयात्रा किन गर्नुभयो ? भन्दै प्रश्न पनि गरे । केही समय पछि गरेको भएपनि हुन्थ्यो उनले भने, ‘रथ यात्रा अलि पछि गरे हुँदैन थ्यो,मैले भनेकै छु ।

 

मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनउाने भन्नुभएको छ मैले गएर पनि हेरे खुसी लागेको छ । तर कोभिडको दोस्रो लहर भएको बेलामा यतिबेलै गर्नुपर्ने थियो अलि पछि गरेको भएपनि हुन्थ्यो ।

 

उनले प्रधानमन्त्री ओलीलाई थुप्रै शिलान्यास गरेको भएपनि बजेटको ग्यारेन्टी नभएको बताए । प्रचण्डले देशका विभिन्न स्थानमा स्मार्ट सिटी बनाउने योजना अन्तरगत चितवनमा बनाउने विषय कटौती गरेको प्रति दुःख व्यक्त गरे । उनले प्रधानमन्त्री पूर्वाग्रह राखेर आफ्नो निर्वाचन क्षेत्रबाट योजना हटाएको पनि आरोप लगाएका छन् ।