हामीलाई भेदभाव भयो, हामी तटस्थ छौँःअध्यक्ष ठाकुर
काठमाडौं,बैशाख २७। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक मुलुकमा पनि जनप्रनिधिहरु जेलमा हुनु दुःखद भएको बताएका छन् ।
संविधानको त्रुटीले गर्दा अहिले पनि आफ्ना सांसद रेशम चौधरी जेलमा रहेको उल्लेख गर्दै उनले अहिले पनि सयौँ कार्यकर्ताहरुले मुद्दा खेपिरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म १२० जनाका मुद्दा फिर्ता गर्ने काम गरेको धन्यवाद व्यक्त गर्दै अध्यक्ष ठाकुरले आफ्ना मागहरु प्रति शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएपनि पुरा गर्न तिर नलागेको आरोप लगाए ।
उनले विश्वास वा अविश्वासको पक्षमा आफुहरुले मतदान नगर्ने बताए ।अहिले देशमा राजनीतिक र कारोना संकट रहेको उल्लेख गर्दै ठाकुरले सरकारले गरिरहेका काम कोरोना नियन्त्रणका लागि प्रयाप्त नभएको बताए ।