नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि,थप १४५ जनाको मृत्यु,कुन जिल्ला कति पथिए संक्रमित
काठमाडौं,जेठ २। नेपालमा थप ७ हजार ३६८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गर्दा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । त्यस्तै ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
कुन जिल्ला कति पथिए संक्रमित
प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, खोटाङमा ३, झापामा २००, ताप्लेजुङमा २६, तेह्रथुममा २, धनकुटामा ४, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३५२, संखुवासभामा ३, सुनसरीमा ९१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १४२, पर्सा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, दोलखामा ७, धादिङमा ५१, नुवाकोटमा ५५, भक्तपुरमा २९२, मकवानपुरमा १७, रसुवामा ५३, रामेछापमा ११, ललितपुरमा ४३६, सिन्धुपाल्चोकमा ८५ र सिन्धुलीमा ६३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १७०, गोरखामा २३, तनहुँमा २२, नवलपरासी पूर्वमा ५३, पर्वतमा ६, मुस्ताङमा १, म्याग्दीमा २, लमजुङमा ५, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४०, कपिलवस्तुमा २१, गुल्मीमा ५४, दाङमा ३१९, नवलपरासीमा ५५, पाल्पामा ७७, प्युठानमा १, बर्दियामा ४३, बाँकेमा १६०, रुकुम पूर्वमा २, रुपन्देहीमा ४०३ र रोल्पामा ७ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा ३८, जुम्लामा ६, डोल्पामा ४, दैलेखमा २१, मुगुमा ३, रुकुम पश्चिमा २४, सल्यानमा ९३, सुर्खेतमा २१५ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३३, कैलालीमा ५२७, डडेल्धुरामा १, डोटीमा २, दार्चुलामा १६, बाजुरामा ३ र बैतडीमा ५२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।