खोप लगाएकाहरुलाई नयाँ भेरियन्टको जोखिम कत्ति,यस्तो छ स्वास्थ्य मन्त्रालयको भनाइ
काठमाडौं,जेठ ५। नयाँ प्रजातिको कोरोना भाइरसलाई पनि खोप प्रभावकारी भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले खोप लगााएका व्यक्तिमा नयाँ प्रजातिको संक्रमण हुँदा सिकिस्त हुने दर खोप नलगाउने व्यक्तिको तुलनामा कम हुने बताए।
नयाँ प्रजातिको भाइरस एकअर्कामा सर्ने दर उच्च रहेकाले सकभर घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
साथै यस प्रकृतिका संक्रमण भएका व्यक्तिमा संक्रमणको जोखिम बढि हुने र संक्रमण भइरहेको छ भने जटिलता पनि अलि बढी हुने पाइएको प्रवक्ता गौतमले बताए।
डा।गौतमका अनुसार नयाँ भेरियन्टबाट पनि बच्ने उपाय भनेको दुरी कायम गरेर बस्ने, तीन लेयरको मास्क लगााउने, भीडभाडबाट टाढा रहने, खोक्दा र हाछिँउ गर्दा मुख छोप्ने र बेलाबेलामा हात सफा गर्ने हो।