यस्तो छ,आजको मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं,जेठ ६। मन्त्रिपरिषद्को बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेर बैठकले विभिन्न निर्णय गर्दै सकिएको हो ।
बैठकले संसदको बजेट अधिवेशन ९ जेठमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अधिवेशनको मिति सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ५ अनुसार प्रक्रिया अघि बढाउन आफूले मार्गप्रशस्त गर्ने बताएका छन् ।
धारा ७६ को ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसकेमा स्वत पदमुक्त हुने व्यवस्था छ ।
उनले विश्वासको मत नलिइ राजीनामा दिने र सदनको सदस्य मध्ये कसैले बहुमतको आधार प्रस्तुत गर्दै प्रधानमन्त्री नियुक्तिमा दाबी गर्न सक्ने ७६ को ५ को प्रावधानमा उनले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।