सिंहदरबारमा नेपाली कांग्रेससहितका विपक्षी तीन दलको छलफल सुरु,को को छन् सहभागी (सूचीसहित)
काठमाडौं,जेठ ७।विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । छलफल कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको छ ।
सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता छलफलमा जुटेका हुन्। उनीहरुले निर्णायक कदम चाल्न छलफल गरिरहेको बताइएको छ।