विपक्षी दलका नेताहरु सरकारमा दावी गर्न शीतल निवासमा

काठमाडौ,जेठ ७। विपक्षी दलहरु सरकारमा दावी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । १४९ सांसदहरुको हस्ताक्षर रहेको दावी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन् ।

 

कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको त्यहाँ पुगेका छन् ।

 

हस्ताक्षर गर्ने १४९ सांसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ एक स्वतन्त्रसहित, माधव नेपाल समूहका २७ र जसपाका १२ जना छन् ।कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्तावित गरिएको छ ।