नेपालमा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि,थप १७७ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमति 

काठमाडौं,जेठ ७। नेपालमा थप ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो।

पिसिआरबाट ८ हजार ४०७ र एन्टीजेनबाट २०० जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

 

 

त्यस्तै काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।

 

 

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १७७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।

 

आज देशभर ७ हजार ८९० जना संक्रमित निको भएका छन्। देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् ।

 

शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कुन जिल्लामा कति थपिए संकमति 

 सबैभन्दा धेरै संक्रमित काठमाडौँमा १,७५२, रूपन्देहीमा ६७२, मोरङमा ६३९, कैलालीमा ४१९, ललितपुरमा ४०० र काभ्रेमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यस्तै भक्तपुरमा २९५, कास्कीमा २८२, झापामा २३६, चितवनमा २३३, सिन्धुपाल्चोकमा २३१, सुनसरीमा १९३, दाङमा १८६, सुर्खेतमा १७९, धनुषामा १३८, अछाममा १३५, बैतडीमा १३१, महोत्तरीमा ११३,गोरखामा ११२, मकवानपुरमा १११ र नवलपरासी पूर्वमा १०२ जना ,दोलखामा ९९, कञ्‍चनपुरमा ९६, तनहुँमा ७८, धादिङमा ७६, सिरहामा ६२, बाँकेमा ५३, ताप्लेजुङ र सप्तरीमा ५२/५२ जना,म्याग्दी र लम्जुङमा ४९/४९ जना, सिन्धुलीमा ४८, पर्वतमा ४५, रसुवामा ४२, पर्सामा ४०,गुल्मीमा ३९,रोल्पामा ३६, रौतहट र नवलपरासी पश्चिममा ३५/३५ जना,खोटाङ र दैलेखमा ३४/३४ जना, स्याङजामा ३२,पाल्पा र डोटीमा ३०/३० जना, बारामा २९, तेह्रथुममा २७, पाँचथरमा २५,कपिलवस्तुमा २२, सर्लाहीमा १६, दार्चुलामा १५, धनकुटा र अर्घाखाँचीमा १३/१३ जना, सोलुखुम्बु र डडेल्धुरामा १२/१२ जना र रामेछापमा ११ जनामा,संखुवाभा र कालिकोटमा ९/९ जना, उदयपुरमा ८, इलाम र बर्दियामा ६/६ जना, बागलुङमा ५, रूकुम पश्‍चिमा ४, प्युठान र सल्यानमा ३/३ जना, ओखलढुंगा र भोजपुरमा २/२ जना तथा मुस्ताङ, रूकुम पश्‍चिम, डोल्पा, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै ९ वर्ष मुनिका १८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ६०७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।