संसद विघटन विरुद्ध विपक्षी दलहरु १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने

काठमाडौं,जेठ ८। संसद विघटन गरि मध्यावधि चुनावमा जाने निर्णय विरुद्ध विपक्षी दलहरु सांसदहरुको हस्ताक्षर सहित सर्वोच्च अदालत जाने भएका छन् ।सिंहदरबारमा बसेको दलहरुको बैठकले बहुमत सांसदहरुको हस्ताक्षर सहित अदालत जाने निर्णय गरेको हो ।

 

 

विपक्षी दलहरुको आज बसेको संयुक्र बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

 

 

उनले संसदमा अर्को विकल्प हुँदा हुँदै पनि मध्यराति चालिएको कदम विरुद्ध अदालत र सडकमा जाने बताए । उनले महामारीका बेला सबै मिलेर लड्नुपर्ने भएपनि प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई दुर्घटनातर्फ धेकेलेको पनि आरोप लगाए।