काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण,कुन जिल्लामा कति

काठमाडौं,जेठ ८ । आज काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन् । आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन् ।