सुरेन्द्र पाण्डेले गरेनन् हस्ताक्षर,यस्तो भनेर बानेश्वरबाट बाहिरिए

काठमाडौं,जेठ ९। नेकपा एमाले माधव नेपाल पक्षका सांसद सुरेन्द्र पाण्डेले विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर नगरी बाहिएिका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा उनले हस्ताक्षर नगरेका हुन् ।

 

 

विपक्षी गठबन्धनले अहिले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसद विघटनको रिटमा हस्ताक्षर गराइरहेका छन् । पाण्डेले आज रिट दायर नहुने भन्दै हस्ताक्षर नगरेको बताइएको छ ।