पूर्वसभामुखहरुको निष्कर्ष, प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं,जेठ ११। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको पूर्वसभामुखहरुले बताएका छन् ।सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले संविधान अनुसार सरकार गठन गरिएको दाबी गरेका छन् ।

 

 

 

जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक कदम हाे।जनताप्रति उत्तरदायी कदम नभएकाे छलफलमा सहभागी पूर्वसभामुखहरूकाे निष्कर्ष रहेकाे छ।

 

 

बैठकमा पूर्वसभामुख रामचन्द्र पौडेल ,ओनसरी घर्ती मगर,कृष्णबहादुर महरा उपस्थित भएका थिए भने एक जना भर्चुअल माध्यमबाट उपस्थित थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित भएनन् ।