संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार सुनुवाई
काठमाडौं,जेठ ११। सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध दर्ता भएका रिटमाथिको सुनुवाई बिहीबार र शुक्रबारबा लागि तोकिएको छ ।
दर्ता भएका कुल रिटमध्ये १९ वटा रिट साधारण इजलास र ११ वटा संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।
अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ जेठ १३ गतेका लागि तोकिएको हो ।
संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गतेका लागि पेशी तोकिएको छ ।