नेपालमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि,थप १६९ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,जेठ ११।नेपालमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर परिक्षण गर्दा ८३८७ र ६३० को एन्टिजेन परिक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 

 

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो।

 

मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको)भएका मन्त्रालयले जानकारी दिएको छ।

 

देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

 

संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ६७२ जना आईसीयू र ४४७ जना भेन्टिलेसनमा रहेका छन्।

 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

  मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्‍चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर्लाहीमा १७३, दाङमा १५९, लमजुङ र सर्खेतमा १४४/ १४४ जना, रामेछापमा १४३, कञ्‍चनपुरमा १३०, गोरखामा १२१, चितवनमा ११९, धनुषामा ११७, धनकुटामा ११५, पर्वतमा ११२ र मकवानपुरमा १०३ जना ,बाँकेमा ९५, अछाममा ९२, सप्तरीमा ८१, पाल्पामा ७७, सिन्धुलीमा ७५, नुवाकोटमा ६९,तनहुँमा ६८, नवलपरासी पूर्व र बर्दियामा ६५/६५ जना, रसुवामा ५९, बारामा ५८, दोलखामा ४९, दैलेखमा ३९,स्याङजा र बैतडीमा ३८/३८ जना, उदयपुरमा ३५, डडेलधुरामा ३३, पर्सामा ३१ र महोत्तरीमा ३० जना, सल्यानमा २६, ओखलढुंगा र नवलपरासी पश्चिममा २४/२४ जना, दार्चुलामा २३, अर्घाखाँचीमा २०, म्याग्दीमा १९, रौतहटमा १४, संखुवासभामा ११,प्‍युठान र जुम्लामा ९/९ जना, कपिलवस्तु र रोल्पामा ८/८ जनामा,बागलुङ, गुल्मी, कालिकोटमा ७/७ जना, ताप्लेजुङ र सिरहामा ६/६ जना, डोटीमा ५, पाँचथर र रूकुम पश्चिममा ४/४ जना,खोटाङ र भोजपुरमा ३/३ जना,सोलुखुम्बु, जाजरकोटमा २/२ जना तथा इलाम, तेह्रथुम, रूकुम पर्व, हुम्ला र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यस्तै ९ वर्ष मुनिका १८३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्षमुनिका ६७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।