काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाई गरिदै,के गर्न पाइन्छ, के गर्न पाईदैन ?

काठमाडौं,जेठ ११। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ पारिने भएको छ । आज निषेधाज्ञा थप एक साता लम्बाईएको छ ।

 

 

निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

 

 

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

 

 

अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

 

 

प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको लगाउने निर्णय गरेको छ । शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिने निर्णय भएको छ ।

 

 

यद्यपी स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेसम्म मात्र गर्न सकिने उल्लेख गरिएको छ । यस्तै पत्रकार तथा सञ्चारकर्मीहरुका लागि सुचना विभागको परिचयपत्र अनिवार्य गरिएको छ ।