‘यास’ चक्रवातको प्रभावले यी प्रदेशहरुका एकदुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं,जेठ १२। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा बंगालको खाडीमा रहेको यास् नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

 

 

 आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

 

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।