कांग्रेसको पदाधिकारी बैठक बस्दै, यी एजेण्डामा छलफल हुँने

काठमाडौं,जेठ १२। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान बस्ने भएको छ। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

 

 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने उनको भनाइ छ। आजको बैठकमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

 

 

बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको बैठकका बारे समेत पदाधिकारीलाई जानकारी गराउने बताइएको छ। साथै, आजको बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुने पौडेलले बताए।