शरिरमा अक्सिजनको मात्रा कति हुँदा ठिक हुन्छ,कतिमा आउँदा खतरा हुन्छ?

काठमाडौं। अक्सिजनको मात्रा शरिरमा कति हुनु पर्ने र कति भयो भने अस्पताल जाने भन्नलाई एकै शब्दमा भन्न गार्हो छ। यसलाई विभिन्न परिस्थिति अनुसार भन्न सकिन्छ।

 

जस्तो दम भएको बुवा आमा हुनुहुन्छ भने उहाँहरुको स्याचुरेशन लेभल हामीले बयान्नब्बे, चौरानब्बे खोजेर हुँदैन। किनभने उहाँहरुको फोक्सो पहिल्यै बिग्रिएको हुन्छ। तर उहाँहरु अस्पताल आउनु भयो भने हामीले टार्गेट ८५ प्रतिशत राखेका हुन्छौं।

 

 

त्यही भएर व्यक्ति, उहाँहरुको रोगको अवस्था र उमेर अनुसार पनि फरक फरक हुन्छ। तर पनि हामीले जनमानसमा भन्दा चाँही के भन्छौं भने

पल्स अक्सिमिटर त्यो मेसिन यदि चाँही सही तरिकाले अध्ययन गर्न सक्यो भने, सही तरिकाले प्रयोग गरेर उसले सही अंक दिन्छ भने त्यसमा चाँही हामीले ९२ प्रतिशतलाई न्युनतम बिन्दु राख्दाखेरि हुन्छ।

 

 

त्यो भन्दा कम भयो तर बिरामीलाई केही समस्या छैन भने, बिरामीलाई के समस्या हुनु पर्छ भने शरिरमा अक्सिजन कम भयो भने सास दर बढने अर्थात छाती दुख्ने,उकुसमुकुस हुने, लामो वाक्य बोल्न नसक्ने, त्यो खालको स्थिति भयो भने यदि अक्सिजनको स्याचुरेसन ९२,९३,९४ देखाएपनि हस्पिटल जानु पर्छ। किनभने उहाँलाई चाँही कहिले काँही पल्स अक्सिमिटरले राम्रोसंग अध्ययन नगरेको हुन सक्छ। त्यो लगाएको ढंगपनि नपुगेको हुन सक्छ।

 

 

अनि अर्को चाँही म के पनि सन्देश दिन चाहन्छु भने एक चोटी लाउने बित्तिक्कै अध्ययन गरेर त्यो अध्ययनलाई लिएरै हामीले कुनै निर्णय गर्नु हुदैंन, केही समय प्रतिक्षा गर्नु पर्छ।

 

 

होम आईसोलेसनमा भएका कतिपय संक्रमित बिरामीहरूले अक्सिजन पनि लिएर बस्नु भएको छ घरमै। मेरो सल्लाह के छ भने सम्भव छ भनेदेखि अक्सिजन लिनु पर्ने बिरामीहरु अस्पतालमै आउनु पर्छ।

 

 

उहाँहरुले अस्पतालमै उपचार लिनु पर्छ। त्यो सम्भव छैन, गार्हो छ अथवा बेट मिलेन अस्पतालमा भने प्रत्यक्ष कुनै डाक्टरको निगरानीमा रहेर मात्र हामीले चाँही त्यसलाई केही समयलाई उपचार गर्न सक्छौं।

 

 

तर पनि मेरो अनुरोध के छ भने सकेसम्म अस्पतालकै बेडहरूमै आउनु होला। अस्पतालमा बेड छ कि छैन भनेर सोधेर बेड छैन भनेर घरमा बसिरहने काम गर्नु चाँही उचित हुँदैन। त्यसले बिरामीको अवस्थालाई गम्भीर बनाउँछ र गम्भीर अवस्थामा आएका बिरामीलाई हामीले बचाउन धेरैनै गार्हो हुन्छ।

 

-डाक्टर अच्यूतराज कार्की

कोभिड फोकल पर्सन, वीर अस्पताल