नेपाल र चिनका राजनीतिक दलबीच जुम बैठक,यी नेता सहभागी हुँदै

काठमाडौं,जेठ १२। नेपाल र चिनका राजनीतिक दलबीच आज जुममार्फत बैठक बस्ने भएको छ । नेपालका प्रमुख राजनीतिक दलका नेताहरु र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच बैठक बस्ने भएको हो ।

 

कोरोना महामारीलगायत तथा त्यसबाट बच्न चीनले दलहरूलाई पनि दिन लागेको स्वास्थ्य सामग्री प्रयोगका विषयमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले विज्ञहरूमार्फत नेताहरूलाई जानकारी दिनेछन् ।

 

 

बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुने भएका छन् ।

 

 

नेपालकातर्फबाट भने एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि बैठकमा सहभागी हुने भएका छन् ।