क्रान्तिकारी पत्रकार महासंघद्वारा सहिद कृष्णसेन इच्छुकको १९ औं स्मृति दिवसको अवसरमा वक्तव्य जारी

काठमाडौं,जेठ १३। जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको १९ औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार महासंघले वक्तव्य जारी गरेको छ ।

 

 

महासंघका अध्यक्ष इन्द्र राउतले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज जेठ १३ गते अर्थात् जनपक्षीय तथा क्रान्तिकारी पत्रकारिताका धरोहर, एक आदर्श कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस ।

 

 

कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष आजकै दिन क्रान्तिकारी पत्रकार महासंघ लगायतका विभिन्न सञ्चारसम्बद्ध संघ संगठनहरुले गर्ने ‘प्रभातफेरी’ कार्यक्रम गर्ने स्थिति रहेन । सहिद इच्छुकको सम्झना, सम्मान र प्रतिबद्धताका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

 

वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी फासिवादी कदमको विरोध र प्रतिरोध गर्दै अग्रगामी तथा क्रान्तिकारी राजनीतिक विकल्पको पक्षमा आफुलाई उभ्याउनु नै आजको सन्दर्भमा इच्छुकप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भनिएको छ ।

 

वक्तव्यमा भनिएको छ, “इच्छुकको भौतिक जीवनको हत्या गरिए पनि कृष्णसेन इच्छुकले अँगालेका विचार, उहाँका शब्द, कर्म र बलिदानको मुल्यबोध मरेको छैन । समाजमा शोषण, विभेद र उत्पीडन कायम रहेसम्म, राज्यले श्रमजीवी जनताका विरुद्ध गर्ने हिंसाको अन्त्य नभएसम्म इच्छुकका अनुयायीहरु जन्मिरहनेछन् र राज्यको निरंकुश फासिवादी दमन र अत्याचारका विरुद्ध प्रतिरोधको मोर्चामा कलम बोकेर निरन्तर लडिरहनेछन्, डटिरहने छन् ।

 

वक्तव्यमा राज्यको प्रेस स्वतन्त्रताविरोधी रवैयाको विरोध गर्दै भनिएको छ, “यतिखेर राज्यले प्रतिगामी, निरंकुश फासिवादतिरको बाटो समातेको छ । विगतका युद्ध र आन्दोलनबाट प्राप्त सीमित अधिकारहरु पनि खोसिने क्रममा रहेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन थालिएको छ । समाचार लेखेकै कारण पत्रकारहरु जेल जानुपर्ने र अदालत धाउनुपर्ने अवस्था आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी राज्यको यो रवैयाको हाम्रो संगठन घोर विरोध तथा कडा शब्दमा निन्दा गर्दछ ।

 

महामारीका कारण ज्यान गुमाउन पुगेका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै वक्तव्यमा महामारी पीडित पत्रकारहरुलाई राहतको व्यवस्था गर्न माग गरिएको छ ।

 


वक्तव्यमा भनिएको छ, कोरोना महामारीमा अग्रमोर्चामा खटिने पत्रकारहरुको दिनदिनै मृत्यु भइरहेको छ । सयौको संख्यामा पत्रकारहरु संक्रमित अवस्थामा छन् । महामारीकै बहानामा कर्पोरेट मिडिया मालिकहरुले सयौ श्रमजीवी पत्रकारहरुलाई पेशाबाट बेदखल गरिदिएका छन्।

 

स्वरोजगारमुलक तथा साना लगानीका मिडियाहरु बन्द हुँदा हजारौ पत्रकारहरु बेरोजगार बन्न पुगेका छन् । यो अवस्थामा हाम्रो संगठन कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

 

र, संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, मृतक परिवार, महामारीकै कारण रोजगारी गुमाउन पुगेका श्रमजीवी पत्रकार र स्वरोजगार तथा साना लगानीका मिडियाहरुलाई लक्षित गरि आवधिक राहत प्याकेजको व्यवस्था गर्न पनि राज्यसँग जोडदार माग गर्दछ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ

१– आज जेठ १३ गते अर्थात् जनपक्षीय तगा क्रान्तिकारी पत्रकारिताका धरोहर, एक आदर्श कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस । कोरोना भाइरस ९कोभिड–१९०को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष आजकै दिन क्रान्तिकारी पत्रकार महासंघ लगायतका विभिन्न सञ्चारसम्बद्ध संघ संगठनहरुले गर्ने ‘प्रभातफेरी’ कार्यक्रम गर्ने स्थिति रहेन । सहिद इच्छुकको सम्झना, सम्मान र प्रतिबद्धताका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

 

२– यस अवसरमा हाम्रो संगठन सर्वप्रथम महान सहिद कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँले आफ्नो शब्द र कर्ममार्फत् जनादेश साप्ताहिक, जनदिशा साप्ताहिक र त्रैमासिक साहित्यिक पत्रिका ‘कलम’को सम्पादक रहेर जनपक्षीय पत्रकारिताको क्षेत्रमा र नेपाली समाजको आमूल परिवर्तनको आन्दोलनमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दछ । यस अवसरमा हाम्रो संगठन जनपक्षीय पत्रकारिता गर्दा गर्दै जीवन बलिदान गर्नुहुने पत्रकारहरु डि कौडिन्य, कंचन प्रियदर्शीलगायत सबै पत्रकार सहिदहरुलाई हार्दिक रुपमा स्मरण गर्दछ । र, उहाँहरुप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, स्तम्भकार दण्डपाणी न्यौपाने, पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ लगायत वेपत्ता पारिएका जनपक्षीय तथा क्रान्तिकारी पत्रकाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ । लाल सलाम अर्पण गर्दछ । फेरि पनि कृष्णसेन इच्छुकका हत्यारालाई कारबाही गर्न र वेपत्ता पत्रकारहरुको स्थिति सार्वजनिक गर्न राज्यसँग जोडदार रुपमा माग गर्दछ ।

 

३– श्रमजीवी शोषित उत्पीडित जनताको पक्षमा समाचार लेखेकै कारण तथा तत्कालीन माओवादी जनयुद्धको पक्षपोषण गरेकै कृष्णसेन इच्छुक पटक पटक जेल पर्नुभयो । २०५९ साल ६ जेठमा गिरफ्तार गरी १३ जेठमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा प्रहरी हिरासतमै चरम यातना दिएर क्रुरतापुर्वक बीभत्स रुपमा हत्या गरियो । उहाँको भौतिक जीवनको हत्या गरिए पनि कृष्णसेन इच्छुकले अँगालेका विचार, उहाँका शब्द, कर्म र बलिदानको मुल्यबोध मरेको छैन । समाजमा शोषण, विभेद र उत्पीडन कायम रहेसम्म, राज्यले श्रमजीवी जनताका विरुद्ध गर्ने हिंसाको अन्त्य नभएसम्म इच्छुकका अनुयायीहरु जन्मिरहनेछन् र राज्यको निरंकुश फासिवादी दमन र अत्याचारका विरुद्ध प्रतिरोधको मोर्चामा कलम बोकेर निरन्तर लडिरहनेछन्, डटिरहने छन् ।

 

४– संसदीय व्यवस्थाको समुल अन्त्य गरि श्रमजीवी, शोषित, उत्पीडित वर्ग र समुदायलाई अधिकारसम्पन्न बनाउने नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने इच्छुकको सपना र संघर्षको कार्यभार बाँकी नै छ । त्यो कार्यभार पूरा गर्ने दिशामा निरन्तर लागिरहने संगठन प्रतिबद्धता व्यक्त गर्दछ ।

 

५– यतिखेर राज्यले प्रतिगामी, निरंकुश फासिवादतिरको बाटो समातेको छ । विगतका युद्ध र आन्दोलनबाट प्राप्त सीमित अधिकारहरु पनि खोसिने क्रममा रहेका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन थालिएको छ । समाचार लेखेकै कारण पत्रकारहरु जेल जानुपर्ने र अदालत धाउनुपर्ने अवस्था आएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी राज्यको यो रवैयाको हाम्रो संगठन घोर विरोध तथा कडा शब्दमा निन्दा गर्दछ ।

 

६– कोरोना महामारीमा अग्रमोर्चामा खटिने पत्रकारहरुको दिनदिनै मृत्यु भइरहेको छ । सयौको संख्यामा पत्रकारहरु संक्रमित अवस्थामा छन्। महामारीकै बहानामा कर्पोरेट मिडिया मालिकहरुले सयौ श्रमजीवी पत्रकारहरुलाई पेशाबाट बेदखल गरिदिएका छन् । स्वरोजगारमुलक तथा साना लगानीका मिडियाहरु बन्द हुँदा हजारौ पत्रकारहरु बेरोजगार बन्न पुगेका छन् । यो अवस्थामा हाम्रो संगठन कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । र, संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, मृतक परिवार, महामारीकै कारण रोजगारी गुमाउन पुगेका श्रमजीवी पत्रकार र स्वरोजगार तथा साना लगानीका मिडियाहरुलाई लक्षित गरि आवधिक राहत प्याकेजको व्यवस्था गर्न पनि राज्यसँग जोडदार माग गर्दछ ।

 

७– राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी फासिवादी कदमको विरोध र प्रतिरोध गर्दै अग्रगामी तथा क्रान्तिकारी राजनीतिक विकल्पको पक्षमा आफुलाई उभ्याउनु नै आजको सन्दर्भमा इच्छुकप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।”