ललितपुर महानगरपालिका र बिध ल्याबबीच सम्झौता,२ सय थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने

काठमाडौं,जेठ १३। ललितपुर महानगरपालि र बिध ल्याब प्रालिबीच आज बिहीबार सम्झौता भएको छ । उक्त सम्झौतामा १० लिटरका २ सय थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने जनाईएको छ।

 

 

ललितपुर महानगरले ती सिलिण्डरलाई जिल्लाका विभिन्न स्थानीय तहसहित काठमाडौं उपत्यकाकाका विभिन्न ठाउँमा आवश्यकताअनुसार उपलब्ध गराउने छ।

 

 

बिहीबार यी दुई संस्थाबीच भएको सम्झौताअनुसार अझ थप अक्सिजन सिलिण्डर आवश्यक पर्ने अवस्था आए बिध ल्याबले उपलब्ध गराउने छ।

 

 

महामारी पूर्ण नियन्त्रण नहुँदासम्म यी शर्त कायम रहने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र बिध ल्याबका अध्यक्ष भीमकान्त भण्डारीद्धारा हस्ताक्षरित सम्झौता पत्रमा उल्लेख छ। महामारी नियन्त्रणमा आएपछि बिधले ती सिलिण्डर फिर्ता लैजान सक्ने छ।