यास चक्रवातले यी प्रदेशका केहि स्थानहरूमा अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना

काठमाडौं,जेठ १४। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा चक्रवात यास् पश्चिमउत्तरपश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ।

 

 

उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ।

 

 

उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।