कोरोना संक्रमणबाट यी १० सामान्य सावधानी अपनाए बच्न सकिन्छ

काठमाडौ.।अहिले नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर चल्दैछ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण नेपालमा करिब सात हजार नजिक मानिसको ज्यान गईसकेको छ ।

 

 

यो रोगको रोकथाम तथा उपचारका लागि कुनै विशेष औषधि उपलब्ध बनिसकेको छैन। रोग प्रतिरोधि क्षमता मजबुद बनाई भाइरससँग लड्नुको विकल्प छैन । कोरोना भाइरस संक्रमण हुन नदिन भने सामान्य सावधानीले पनि काम गर्न सक्छ ।

यसरी संक्रमणबाट बच्न सकिन्छ

१-मानिसहरूको जमघट, भिडभाडमा नजाने,

२-पटक पटक साबुनपानीले मिचिमिचि हात धुने,

३-भिटामिन सियुक्त फलहरु जस्तैस् कागती, अमला, किवि, जुनार, ब्रोकाउली, अमला, अम्बा, पालक तथा अन्य सागहरु, क्याप्सिकम, लिचि,

 

४-मेवा, स्ट्रबेरी आदि नियमित खाने,

५-मनतातो पानी पिइरहने,

६-पोषिलो झोलिलो खानेकुरा, सुप खाने,

७-चिन्तामुक्त रहने,

८-ज्वरो आएमा, भाइरसको संक्रमण भएमा प्रशस्त आराम गर्ने,

९-फ्लुजस्तो लक्षण देखिएमा अन्य व्यक्तिबाट टाढै रहि तुरुन्तै चिकित्सकसँग परामर्श गर्ने,

१०-आफु सचेत रहने, अरुलाई पनि सचेत गराउने ।