कोरोनाबाट गर्भवती महिलालाई कसरी बचाउने,यस्ता छन्,उपायहरु

काठमाडौं।अरु सामान्य मानिसले लिने सावधानीका उपायहरु जस्तै गर्भवती महिलाले पनि कोभिड—१९ बाट बच्ने उपाय अपनाउनु पर्दछ ।

 

गर्भवती महिलामा कोभिड—१९ बाट हुने प्रभावबारे अहिले अध्ययन भैरहेको छ । अरु सामान्य मानिस भन्दा गर्भवतीहरु कोभिड–१९ को उच्च जोखिम हुन्छ भन्ने तथ्य अहिले सम्म प्रमाणित भैसकेको छैन ।

 

यस्ता छन् गर्भवती महिलाले कोभिड—१९ बाट बच्ने उपायहरु

 

-सफा साबुन पानीले बेलाबेलामा हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

 

-आफु र अरु व्यक्तिबीच ३ फिट टाढाको दुरी कायम गर्ने ।

 

-मुख, नाक र आँखा अनावश्यक रुपमा हातले नछुने ।

 

-खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखलाई कुहिनाले छोप्ने वा नरम टिस्यु पेपर प्रयोग गरी बिर्को भएको फोहोर फ्याँक्ने भाँडोमा फाल्ने ।

 

यदि तपाईलाई ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुहोस् । गर्भवति तथा सुत्केरी महिला कोभिड—१९ बाट प्रभावित भएता पनि नियमित स्वास्थ्य जाँच गराउनुपर्दछ ।