सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई एमालेले सोध्यो स्पष्टिकरण (पत्रसहित)

काठमाडौ,जेठ १५। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीलाई स्पष्टिकरण सोधिएको छ । हिजो मात्रै नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टिकरण सोधिएको हो ।

 

 

अध्यक्ष केपी शर्मा ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरित मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो ।

 

 

मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

 

 

शुक्रबार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए ।

 

 

सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो । बाँकी तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको एमालेले जनाएको छ ।