नेपालमा थप ४४८७ जनामा कोरोना पुष्टि,६ हजार ८० जना संक्रमणमुक्त,थप ११६ जनाको मृत्यु

काठमाडौं,जेठ १५ । नेपालमा थप ४ हजार ४८७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ६ हजार ८० जन निको भएर घर फर्किएका छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

संक्रमणबाट थप ११६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।