स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट

काठमाडौं,जेठ १५। सरकारले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि आगमी आर्थिक वर्षमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

 

स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पुर्‍याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पुर्‍याउने लक्ष्य सरकारले लिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

 

 

स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको उनले बताए ।