पाचन प्रणालीलाई सुदृढ यसरी पार्नुस्,यस्ता छन् ४ उपायहरु
काठमाडौ.,जेठ १७। कहिलेकाहिँ खाना खाइसकेपछि पेटमा ग्यास भरिने, कब्जियतको समस्या हुने वा पेट फुल्ने वा दुख्ने समस्याहरु आउने गर्दछ।
जुन आक्कल जुक्कल हुनु सामान्य कुरा हो, तर यदि यस्तो समस्या प्रायःजसो हुन्छ भने यस्तो अवस्थामा हामीले हाम्रो पाचन प्रणाली कमजोर रहेको बुझ्नुपर्दछ। पाचन प्रणालीलाई सुदृढ पार्ने यस्ता छन् उपायहरु
१-खानालाई मजाले चपाएर खाने- प्रायःजसो मानिसहरु खाना खाँदा हतार हतार गर्दै खानालाई राम्रोसँग नचपाइ खाने गर्दछन् । जसकारण खानालाई शरीरले सजिलै पचाउन सक्दैन।
तसर्थ, खानालाई मजाले चपाएर खाँदा खाना सजिलै पच्नुका साथै पाचन प्रणालीको पनि सुधार हुने गर्दछ।
२-मनतातो पानि सेवन गर्नुहोस्-रीरका लागि पानी सबैभन्दा आवश्यक तरल पदार्थ हो। नियमित मन तातो पानीको सेवनले हाम्रो शरीरलाई ऊर्जा प्रदान गरि शरीरमा भएका विषाक्त पदार्थहरूलाई पनि हटाउने गर्दछ।
सामान्य पानी पिउनु भन्दा मन तातो पानी पिउँदा शरीरको पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्दछ। यसका साथै, कागती पानीलाई पनि सेवन गर्न सकिन्छ, जसले शरीरको पाचन प्रणालीलाई सुदृढ गर्दछ।
३-भिटामिन सी युक्त आहार खानुहोस् – भिटामिन सी युक्त खानाको सेवनले पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्दछ। भिटामिन सी युक्त खाद्य पदार्थ आफ्नो आहारमा समावेश गर्दा पाचन प्रणालीलाई सुधार गर्दछ।
भिटामिन सी युक्त खानाहरु जस्तै ब्रो काउली, सुन्तला, किवी र स्ट्रबेरी इत्यादि हुन् । यसले पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्दछ।
४-अत्याधिकमात्रा खाने कुरा नखानुहोस् – केहि केहि मानिसहरु एक पटक खाना खान बस्दा अत्याधिक खाने गर्दछन्, जसका कारण पचाउनमा कठिनाई हुने गर्दछ र पेट सम्बन्धित समस्याहरु देखापर्न थाल्छन्।
त्यसैले, खाना खाँदा अलि अलि पोषण युक्त खानाको सेवन गर्नुहोस्।