क्वारेन्टिनका लागि तोकिएका होटलहरुको (सूचीसहित)
काठमाडौं,जेठ १९। आंशिक रुपमा अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै क्वारेन्टिनका लागि होटलहरु छनोट भएका छन् ।
अब हप्तामा नियमित ७ वटा उडानहरु हुने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै प्रकारका होटललाई समेटी सूची सार्वजनिक गरेको हा ।
मन्त्रालयले होटल क्वारेन्टिन छनोट गर्दा कम्तीमा २० कोठा भएको होटललाई छनोट गरेको छ।
क्वारेन्टिनको रुपमा प्रयोग हुने होटलमा स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्नसक्ने खुल्ला ठाउँ र बगैँचा भएको हुनुपर्ने मन्त्रालयले उल्लेख गरेको छ।
हाल ८ वटा होटल मात्रै क्वारेन्टिनको लागि प्रयोग हुँदै आएका थिए। चीन, कतार र टर्कीमा नियमित उडान हुने भएसँगै नेपाल आउने यात्रुले अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था रहेको छ।
मन्त्रालयले ७ वटा पाँचतारे होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्नसक्ने गरी सूची सार्वजनिक गरेको छ। जसमा सांग्रिला, ¥याडिसन, याक एन्ड यति, हायात रिजेन्सी, सोल्टी, होटल अलफ्ट, होटल एभरेष्टको सूची सार्वजनिक गरेको छ।
मन्त्रालयले ३ वटा चारतारे होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्नसक्ने गरी सूची सार्वजनिक गरेको छ। जसमा होटल शंकर, होटल हिमालय र ग्रान्ड होटल रहेका छन्।
तीन तारेमा समिट, अमादब्लाम, साम्बाला, लि हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसन कम्फर्ट, होटल ल्यान्डमार्कलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने भएको छ।
टुरिष्ट स्टान्डर्डका होटल ५१ वटा रहेका छन् भने पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्टलाई पनि क्वारेन्टिनको रुपमा प्रयोग गर्न सकिने भएको छ।