छालामा मासुको डल्लो अर्थात मुसा आएको छ यसरी उपचार गर्नूस्
काठमाडौं।छालामा मासुको डल्लो बढ्नुलाई स्किन ट्यूमर वा स्किन ट्याग तथा मुसा भनिन्छ । छालामा देखापर्ने स्किन ट्याग तथा मुसा भनेको मासुको अनावश्यक डल्ला हो ।
यो शरीरको कुनै पनि भागमा उम्रिन सक्छ र यसको आकार चामलको गेडा देखि केराउको गेडाभन्दा केही ठूलो पनि हुन सक्छ ।
यी हुन् छालामा मासुको डल्लो वा मुसा हराउने घरेलु उपायहरु
एप्पल साइडर भिनेगर- एप्पल साइडर भिनेगर भनेको स्याउ र साइडर भन्ने तत्वबाट बनेको झोल पदार्थ हो । यो बजारमा किन्न पाइन्छ । साइडरमा कपास चोप्नुहोस् र मुसामाथि दिनको दुई पटक दल्नुहोस् ।
साइडर दल्नासाथ पोले जस्तो हुन सक्छ तर केहीबेरमै पोल्ने समस्या हराएर जान्छ । यो उपचार बिधि अपनाउनाले २९४ हप्तामा तपाईको स्किन ट्याग तथा मुसा झरेर जान्छ ।
अडीरको तेल र बेकिङ सोडा- अडीरको तेल र बेकिङ सोडाको लेप तयार पार्नुहोस् । लेपलाई स्किन ट्याग तथा मुसाको वरिपरि दल्नुहोस् ।
अव यसलाई सफा कपडा तथा ब्यान्डेजले बाँध्नुहोस् । यो उपचार बिधि अपनाउनाले मुसा केही दिनमै हराएर जान्छ ।
टि ट्रीको तेल- टि ट्री भनेको एक प्रकारको बिरुवा हो । यो चिया होइन । बजारमा टि ट्रीको तेल किन्न पाइन्छ । कपासलाई पानीमा भिजाउनुहोस् । कपासको पानीलाई निचोर्नुहोस् ।
कपासमा टि ट्री तेल तीन थोपा खन्याउनुहोस् । अव यसलाई स्किन ट्याग तथा मुसामाथी राखिदिनुहोस् र यसलाई ब्यान्डेज गर्नुहोस् ।
मुसा कालो भएर जाने छ । करिव एक देखी डेढ हप्ता सम्म मुसामाथी थोपा थोपा गरि टि ट्रीको तेल चुहाउने गर्नुहोस् । मुसा आपसेआप सखाप हुनेछ ।