नेपालमा थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि,थप १०१ जनाको मृत्यु, ८६६३ जना डिस्चार्ज

काठमाडौं,जेठ २१। नेपालमा थप ६६५३ जनामा कोरोना पुष्टि भएको छ। देशभरका प्रयोगशालामा पीसीआर परीक्षण भएका १४ हजार १८२ जनामध्ये ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

 

 

मन्त्रालयका अनुसार आज देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्।

 

 

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

 

 

आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।