टुंगियो जसपाका मन्त्रीहरुको नाम,६ बजे सपथ हुने,कसलाइ कुन मन्त्रालय हेर्नुस् (सूचीसहित)

काठमाडौं,जेठ २१। जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर पक्षबाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति पश्चात जसपाबाट १० जना सरकारमा सहभागी हुँदैछन् । जसमा ८ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

 

जसपाबाट राजेन्द्र महतोले उपप्रधानमन्त्री सहित सहरी विकास मन्त्रालय लिने तय भएको स्रोतले बतायो ।

 

यस्तै शरद सिंह भण्डारीले ऊर्जा तथा जलस्रोत, अनिल झाले खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिने गरि सहमति भएको बुझिएको छ ।

 

यस्तै विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय र चन्दा चौधरी, महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बुझिएको छ ।

 

 

यसैगरी एकवाल मियाँलाई युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी र चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ ।स्रोतका अुनसार उनीहरुको सपथ साँझ ६ बजे हुनेछ।