यौनसम्बन्धपछि प्रेमिकाको अचम्मको मागले तनावमा प्रेमी,मागे विशेषज्ञसँग यस्तो मद्दत

काठमाडौ। प्रेमिकाको अचम्मको मागले तनावमा परेका एक युवकले रिलेशनशिप पोर्टलमा विशेषज्ञको मद्दत मागेका छन् ।

 

 

युवकले आफू पछिल्लो तीन वर्षदेखि निकै राम्री, होनहार र स्मार्ट युवतीसँग सम्बन्ध रहेको बताए । यद्यपि, ती युवा आफ्नी प्रेमिकाको एउटा बानीका कारण निकै तनावमा छन् ।

 

 

 
युवकले लेखे, ‘मेरी प्रेमिका निकै राम्रा बानीले भरपुर छिन् तर उनको एउटा अचम्मको बानी छ जुन मलाई असाध्यै खराब लाग्छ । कुनै पनि काम गरेपछि उनी मबाट तारिफका साथै आलोचना पनि सुन्न चाहन्छिन् ।

 

 

‘खाना बनाउनेदेखि लिएर मलाई उपहार दिने वा मेरा लागि कुनै पनि काम गरेपछि उनले मबाट धन्यवादका साथै एउटा राम्रो आलोचनाको आशा राख्छिन् । उनले गरेको काममा कमी नदेखाइँदा उनी रिसाउने गर्छिन् ।

 

 

 

युवकले थपे, ‘मैले सधैं ‘खाना त मिठो थियो तर आलूमा कुनै स्वादै थिएन भन्नुपर्छ । तिम्रो पावरपोइन्ट राम्रो थियो तर रङको प्रयोग तिमीले सही गरेनौं । ’ यतिमात्रै होइन, कमी सुन्ने उनको बानी हाम्रो यौन जीवनमा पनि लागू हुन्छ ।

 

 

 
‘हामी जतिबेला यौनसम्बन्ध स्थापित गर्७शधवसछौं मैले परफर्मेन्स बारे केही न केही कमी बताउनै पर्छ, जबकी मैलै उसमा कुनै कमी नै देख्दिनँ ।

 

 

 

स्थिति यस्तो आइसकेको छ कि अब झगडाबाट बच्नका लागि मैले जबर्जस्ती उनको कामको कमजोरी निकाल्न थालेको छु।

 

 

‘साँचो भन्ने हो भने उनले अब के कस्ता कुरामा काम गर्नुपर्छ भनेर एउटा झुटो सूची पनि बनाएको छु । यदि मैले उनको कामको आलोचना गरिनँ भने उनलाई प्यानिक अट्याक आउँछ ।

 

 

उनको घरमा पनि सबैजना निकै राम्रो हुनुहुन्छ तर सबैजनालाई हरेक काम परफेक्ट हुनुपर्ने बानी बसिसकेको छ । यहाँसम्म कि जब सबैजना जम्मा हुन्छन् तब एक–अर्काबीच को राम्रो भन्ने कुरामा नै उनीहरुको ध्यान केन्द्रीत हुन्छ ।

 

 

‘मैले थुप्रै पटक उनलाई थेरापिस्टलाई भेट्न सल्लाह दिएको छु तर उनले मेरो कुरा नजरअन्दाज गर्छिन् । उनलाई लाग्छ कि यसमा कुनै गलत छैन ।

 

 

आफूले के कुरामा सुधार गर्नुपर्छ र आफूलाई एक राम्रो मानिस कसरी बनाउन सकिन्छ भन्नेबारे जान्न आफूलाई मनपर्ने उनी बताउँछिन् ।

 

 

युवकले लेखे, ‘म उनीसँग सम्बन्ध तोड्न पनि चाहन्नँ तर मेरो मुखबाट उनीबारे आलोचना सुन्नैपर्ने उनको बानीमा कसरी परिवर्तन ल्याउन सकूँला भनेर चिन्तित छु ।

 

 

युवकको यो समस्याको जवाफ दिँदै स्वास्थ्य विज्ञले लेखे, ‘आफूमा सुधान ल्याउनमा पार्टनरको धारणा जान्न चाहनु स्वभाविक र पूर्ण रुपमा सही छ ।

 

 

यद्यपि, यो सुधार सम्बन्धलाई वास्तवमा नै उत्कृष्ट बनाउनका लागि गर्नुपर्छ, कुनै बाध्यता स्वरुप होइन।

 

 

विज्ञले युवकलाई सल्लाह दिँदै भने, ‘तपाईं आफ्नी प्रेमिकालाई बुझाउनुहोस् कि जबर्जस्ती कमी सुन्ने उनको बानी अनुचित हो।

 

 

यसकारण तपाईं निकै दबाबमा रहनुहुन्छ र प्रेमिकालाई नराम्रो लाग्छ भनेर आफूले झुटो पनि बोल्नुपरेको बारे जानकारी दिनुहोस् ।

 

 

यदि तपाईंकी प्रेमिका साँच्चै नै आफ्ना कमी कमजोरीबारे सुन्न चाहनुहुन्छ भने उनी तपाईंले भन्नुभएको आफ्नो कमीलाई बुझ्ने पक्कै पनि कोसिस गर्नुहुनेछ ।