करेन्ट लागेर ७१ वर्षीय विश्वकर्माको मृत्यु

सांकेतिक तस्विर

काठमाडौ जेठ २३ । चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।

 

आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।