बालुवाटारबाट नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ

काठमाडौं,जेठ २८।प्रहरीले बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई बालुवाटारबाट पक्राउ गरेको छ। नारायण वाग्ले, युग पाठक, अर्चना थापा, खगेन्द्र संग्रौला, रिता परियारलगायत दर्जन बढी पक्राउ परेको बताइएको छ।

 

 

उनीहरुलाई मालीगाउँस्थित प्रहरी चौकीमा राखिएको छ। उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

 

सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।