काठमाडौ उपत्यकामा थप ११४० जनामा कोरोना संक्रमण

काठमाडौं,जेठ २८। काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा सक्रमित थपिएको बताएको छ।

 

आज सबैभन्दा धेरै काठमाडौंमा ९२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा १६३ जनामा र भक्तपुरमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।