भारतीय सेनामा भर्ती खुल्यो,नेपाली युवतीले पनि भर्ती हुन पाउने (सूचीसहित)

काठमाडौं,जेठ ३१। भारतीय सेनामा सैनिकमा भर्ती खोलेको छ । काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै सेनामा भर्ती खोलेको जनाएको छ ।

 

 

सेनामा अबदेखि नेपाली युवतीले पनि भर्ती हुन पाउने भएका छन् । महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो ।

 

 

आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ ।

 

 

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् ।

 

 

गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

 

 

जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ । सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ।