४० लाख डोज चिनियाँ खोप किन्न,स्वास्थ्य मन्त्रालयलाई सहमति दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ।  

 

 

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेकाे थिएन।

 

तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्ताव अनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ ।

 

 

 

 

नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । कसरी सम्बोधन गर्ने सरकारले केही बताएको छैन ।सबै मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी गराउने जनाइएकाे छ।

 

 

बुधबार बसेको कोभिड–१९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण्नका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य अगाडि बडाउनु पर्ने बताएका थिए ।

 

 

साउनबाट सबै नागरिकहरुलाई खाेप लगाउने गरि प्रक्रिया अघि बढाउन सरकारले गृहकार्य अगाडी बढाउने बारे पनि छलफल भएकाे छ। अरू देशसँग पनि खाेप खरिद गर्ने प्रयास जारी रहेकाे जनाइएकाे छ।