यी ७ कारणले गर्भ नरहन सक्छ

काठमाडौंं। जबजब उमेर बढ्दै जान्छ तबतब यौन इच्छामा कमि आउनु स्वभाविक मानिन्छ । तर धेरैको समस्या हुन्छ, युवा अवस्थामा पनि यौन रुची कम हुन्छ ।

 

 

यति मात्रै होइन उनीहरुको यौन क्षमतामा पनि कमि हुन्छ । यो विभिन्न कारणले भएको हु नसक्छ । जसमध्ये केही कारणका बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ ।

 

 

धुमपान-धेरैलाई थाहा नहुन सक्छ तर चुरोट सुर्तीमा हुने निकोटिनले पनि वीर्यमा प्रभाव पार्दछ । निकोटिनयुक्त कूलतमा फसेका पुरुषहरु बाँझोपनको शिकार हुने संभावना हुन्छ ।

 

 

विषादीयुक्त सागसब्जी-विषादी मिसिएको तरकारी वा फलफुलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कमजोर बनाउँछ । त्यसैले बजारबाट ल्याएर फलफुल र सागपात पखालेर खानु पर्दछ ।

 

 

मोबाईल फोन-अहिले मोबाईल बिनाको जीवन कल्पना गर्न सकिदैँन । तर मोबाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्दछ ।

 

 

केमोथेरापी-केमोथेरापी गरेका विरामीहरुमा पनि वीर्य ह्रास हुने गर्दछ । केमोथेरापी गरेका व्यक्ति मध्ये नगन्यको मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आउने गर्दछ ।

 

 

मोटोपन-मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर असर गर्दछ । त्यसैले वजनमा नियन्त्रण पाउन सक्नु पर्दछ । यसकालागि व्यायाम गर्न जरुरी छ ।

 

 

असुरक्षित यौन-कहिल्यै पनि असुरक्षित यौन सम्बन्ध बनाउनु हुदैँन । आजको असुरक्षित यौनक्रियाले भोलीका दिनमा दिर्घकालिन असर पार्नुका साथै प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

 

 

सन्तान पाउन ढिलो नगर्ने-यदि कुनै पनि विवाहित जोडी सन्तान पाउन चाहान्छ भने यसकालागि ढिलो गर्नु हुदैँन । अन्यथा महिलाको बढ्दो उमेरले सन्तान पाउने रहर केवल रहरमै सिमित हुनसक्छ ।