उपेन्द्र यादवसमूहले महन्थ ठाकुरमाथि लगायो गम्भीर आरोप (विज्ञप्तिसहित)
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षले कीर्ते गरेको पत्रु निर्वाचन आयोगमा बुझाएको आरोप लगाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै बाबुराम-उपेन्द्र पक्षले यस्तो आरोप लगाएको हो।
जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बेठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।
यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् ।
विज्ञप्ति –