ज्वाला संग्रौला ३ दिन प्रहरी हिरासतमै बस्नुपर्ने, प्रशासनले दियो यस्तो अनुमति

काठमाडौं। आफुलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । अभद्र व्यवहारको कसुरमा पक्राउ परेका ज्वालासहित अन्य २ जना ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो ।

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि उनीहरुलाई ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

 

 

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

 

 

संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए। उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ।