काठमाडौं उपत्यकामा आउन र बाहिर जान पास अनिवार्य

काठममाडौं। अब जिल्ला प्रशासन कार्यालयको अनुमतिमा काठमाडौं उपत्यका छिर्न पाइने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति लिएर अत्यावश्यक काममा उपत्यका छिर्न पाइने बताएको हो ।

 

 

मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो ।

 

 

साथै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाइने आदेश पनि प्रशासनले जारी गरेको छ ।