प्रतिनिधिसभा विघटनको अन्तिम सुनुवाइ आजदेखि हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनको १ महिनापछि सर्वोच्चमा सुनुवाइ हुन लागेको हो ।

 

 

 

सुनुवाइको सुरुमा आज रिट निवेदकको पक्षबाट बहस हुनेछ । त्यसपछि विपक्षीको तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन् ।

 

 

दुवै समूहलाई १५÷१५ घण्टाको समय दिइएको छ । मनमौजी समय दिँदा बहस लम्मेतान हुने भएकाले समयको सीमा तोकिएको हो ।

 

 

यो मुद्दामा विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसकेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री दुवैले आफ्नो बचाउ गर्दै सर्वोच्चमा जवाफ पेस गरिसकेको छ ।

 

 

सभामुख अग्निप्रसाद सापकोटाले भने निवेदकको मागअनुसार नै आदेश जारीको माग गर्दैै जवाफ पेस गरेका छन् ।

 

 

त्यस्तै, एमीकस क्युरीका लागि पनि नाम सिफारिस भइसकेको छ । कुनै गम्भीर र व्याख्या हुन बाँकी विषयमा राय लिन सर्वोच्चले एमीकस क्युरी गठन गर्नसक्ने प्रावधान छ ।

 

 

मनमौजी समय दिँदा बहस निकै लामो हुने भएकाले समय व्यवस्थापन हुनेछ । निवेदक र विपक्षी दुवैलाई बहसका लागि १५/१५ घण्टाको समय दिएको छ ।

 

 

निवेदकलाई बहसका लागि १२ र विपक्षीको बहसपछि जवाफ फर्काउन तीन घण्टा गरी कुल १५ घण्टा समय दिइएको हो।