राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त,लोकसेवामा रेग्मी(सूचीसहित)

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन्।

 

 

 

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो।

 

 

 

जसअन्तर्गत लोक सेवाको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्। सदस्यहरुमा भने माधव वेलबासे, बीर बहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी रहेका छन्।

 

 

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ रहेका छ्न।