कांग्रेस वरिष्ठ नेता पौडेल समूहले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष समूहको बैठक सकिएको छ । बैठकले क्रियाशील सदस्यताको निष्पक्ष रुपमा अन्तिम टुंगो लगाउन माग गरेको छ।

 

 

शुक्रबार बसुन्धराको एक पार्टी प्यालेसमा आयोजित बैठकमा नेताहरुले कांग्रेसको महत्वपूर्ण आधार नै क्रियाशील सदस्यता भएकाले त्यसलाई निष्पक्ष रुपमा टुंग्याउनुपर्ने निश्कर्ष निकालेको हो।

 

 

विधि र विधान अनुसार क्रियाशील सदस्यताको अन्तिम टुंगो लागोस् भन्ने आफूहरुको भनाइ रहेको नेता अर्जुननरसिंह केसीले बताए। उनले अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरुको हकमा मापदण्डअनुसार जानुपर्ने बताए।

 

 

तर, अन्य पार्टीबाट आएकाहरुलाई कांग्रेसले बनाएको मापदण्डविपरीत क्रियाशील सदस्यता दिइएको भन्दै केसीले असन्तुष्टि जनाए।

 

 

त्यस विषयमा हामीले गम्भीरतापूर्वक छलफल गर्‍यौं। यसलाई निष्पक्षतापूर्वक टुंग्याऔं भन्ने निश्कर्ष निकालेका छौं’, केसीले भने।

 

 

केसीले भदौमा जसरी पनि महाविधेशन हुनुपर्ने बताए। भदौमा महाधिवेशन हुन नसके कांग्रेसमाथि ठूलो वैधानिक प्रश्न उठ्ने चिन्ता व्यक्त गरे।

 

 

उनले पार्टीको वैधानिकता जोगाउन पनि समयमै महाविधेश गर्नुपर्छ भन्नेमा आफूहरुले शुक्रबार छलफल गरेको केसीले बताए।