अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनिया कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त
काठमाडौं। आज चिनिया कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्ष पुरा गरेको छ । आजकै दिन अर्थात् सन १९२१ जुलाई १ का दिन चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
यश अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको तर्फबाट समेत चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनतालाई हार्दिक बधाई तथा अरु प्रगतिका लागि शुभकामना दिन चाहन्छ ।
भीषण क्रान्तिका २८ वर्ष र सत्तारोहणका ७२ वर्षको उतार तढावको अबधिमा चिनिया कम्युनिस्ट पार्टीले गरेको गौरवपूर्ण संघर्ष र अभूतपूर्व भौतिक प्रगति गाथाहरु विश्वभरका सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत बनिरहेका छन् । चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनताको यश प्रकारको सफलताप्रति हाम्रो संगठन गौरव महसूूस् गर्दछ ।
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यश प्रकारको विश्व परिस्थितिमा विश्वभरका सर्वहारा वर्गको सहयोग लिएर साम्राज्यवादलाई परास्त गर्न र प्रतिक्रान्तिका गल्तीहरुलाई सच्याउँदै र नवउदारवादी पुँजीवादको विकासलाई रोकेर ” चिनिया विशेषताको समाजवाद ” लाई वैज्ञानिक समाजवादमा रुपान्तरण गर्ने दिशामा अगाडि बढ्नेछ छ भन्ने विश्वनस गर्नुका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह समेत गर्दछ । धन्यवाद !
क्रान्तिकारी अभिवादन सहित ।
मिति : १ जुलाई २०२१
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल