बैद्य निकट अखिल (क्रान्तिकारी)ले भोली माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले भोली असार १८ गते दिउँसो ठिक १ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिएका छन्।

सरकारले शिक्षा र स्वास्थ्यमा क्षेत्रमा भएकाे नीजिकरण, व्यपारिकरण, दलालीकरण र माफियाकरणको अन्त्य  गर्न  कोरोना विरूद्धको खोप अहिलेसम्म सहजरूपमा सर्बसाधरणलाइ उपलब्ध नगराउनु र लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नक्शा पाठयपुस्तकमा समावेश नर्गनु जस्ता आम जनतासँग सराेकार राख्ने विषयलाइ लिएर विरोध प्रदर्शन गर्नु पर्ने अवस्था आएको गजुरेलले जनाकारी दिएका छन्।

 यस्ता छन् नाराहरु

१.शिक्षा र स्वास्थ्यमा भएका नीजिकरण, व्यपारिकरण, दलालीकरण र माफियाकरणको अन्त्य गर,

२. आम जनतालाई अविलम्व कोभिड–१९ विरुद्धको खोप निशुल्क उपलब्ध गरा,

३. राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता गर्दै लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नक्शाभएको पाठयपुस्तकमा समावेश गर,

आदि नाराहरु अङकीत झण्डा, व्यानरमा विरोध प्रदर्शन हुने भएको छ । उक्त विरोध प्रदर्शनमा आम विद्यार्थी युवाहरुको सहभागिताको अपेक्षा गरिएको छ ।