ओलीको प्रतिगामी कदमविरुद्ध सडक आन्दोलन गर्दा पक्राउ गरिएका नेविसंघका नेताहरू ५ घण्टा पछि रिहा

काठमाडौं।ओली सरकारको प्रतिगामी कदमको विरुद्ध सडक आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका इकाइ अध्यक्षसहितका विद्यार्थी नेताहरू पक्राउ गरेका थिए।

 

 

 

 

 पक्राउ पर्ने विद्यार्थी नेताहरूमा  अध्यक्ष विवेक लामा , धर्मेन्द्र शाही(बादशाह), अनिल थापा ,लोकेश कुवरलगायतका दर्जनौं विद्यार्थी नेता कार्यकताहरू पक्राउ परेका थिए।

 

 

 

 

विद्यार्थीहरूले गरेको सडक आन्दोलनमा प्रहरीले दमन गरेको र पक्राउ गरिएका विद्यार्थी नेताहरूलाइ करिब ५ घण्टा हिरासतमा राखेर रिहा गरेको धर्मेन्द्र शाहीले जानकारी दिएका छन्।  

 

 

 

 हिरासत बसाइको क्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री मनोज बैध्य तथा पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महर लगायतका नेताहरू हिरासतमै पुगेर पक्राउ परेका विद्यार्थी नेता कर्यकताहरूलाइ भेट्घाट गरेका थिए।

 

 

 

त्यस्तै हाम्रो आन्दोलन ओली सरकारको  प्रतिगामी कदमका विरुद्ध जारी रहने शाहीले जानकारी दिएका छन्।