काठमाडौं उपत्यकामा अब यी क्षेत्रहरु पनि खुल्ला गर्ने
काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थपेर केही क्षेत्र थप खुकुलो बनाउने तयारी गरिएको छ।
यसअघि नै उपत्यतकाका तीन जिल्लाका सिडओहरुले निजी गाडीमा जोरविजोर लागू गरेका छन् भने २५ सिटभन्दा माथिका सार्वजनिक गाडी चलाउने दिने निर्णय गरेका छन्।
यस्तैमा कोरोना जोखिमलाई मध्यनजर गर्दै तीनै जिल्लाका सिडिओहरुले निषेधाज्ञालाई जारी राख्ने तयारी गरेका छन्। तर सार्वजनिक यातायात व्यवसायीहरुले दिएको दबाबलाई मध्यनजर गर्दै सार्वजनिक यातायात केही मात्रा चल्न दिइने तयारी गरिएको छ।
त्यस्तै काठमाडौंबाट चल्दे लामो दूरीका बसहरुलाई पनि चलाउने तयारी गरिएको बताइएको छ। यसबारे भने सोमबारसम्म निर्णय गरिने बताइको छ। पछिल्लो पटक गरिएको निषेधाज्ञा सोमबार साँझ सकिँदैछ।